काठमाडौं । संघीय संसदको प्रतिनिधि सभामा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै राप्रपा एवम् रास्वपाले सदन अवरोध जारी राखेपछि सभामुख देवराज घिमिरेले संसदको अवरोध खोल्न आवश्यक छलफल गरेका छन् । सोमबार विहान रास्वपाका कार्यबाहक सभापति डिपि अर्याल र प्रमुख सचेतक सन्तोष परियारसित वालुवाटारमा छलफल गरेका सभामुख घिमिरेले दिउँसो प्रमुख पाँच दलका प्रमुख सचेतकसँग छलफल गरेका छन् ।
नेकपा माओवादी केन्द्रले दुई बूँदे सहमति सहित सदन अवरोध नगर्ने बताए पनि रास्वपा र राप्रपाले सदनमा अवरोध जारी राखेपछि सभामुख देवराज घिमिरे अहिले पाँच दलसँग छलफलमा जुटेका हुन्।
प्रमुख विपक्षी दल नेकपा माओवादी केन्द्रसँग सहमति भए पनि रास्वपा र राप्रपाले अवरोध जारी राखेपछि सभामुखले अहिले बानेश्वरमा प्रमुख पाँच दलका प्रमुख सचेतकसँग छलफलमा छन्।
छलफलमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसिया, उपसभामुख इन्दिरा राना, एमाले मुख्य सचेतक महेशकुमार बर्तौला, कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, रास्वपा प्रमुख सचेतक सन्तोष परियार र राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर (ज्ञानेन्द्र) शाही सहभागी छन्।

