काठमाडौं, भदौ १४ – देशको राजधानी काठमाडौं महानगरका महिलाहरुले ऐतिहासिक पहिलो सम्मेलन सम्पन्न गरेका छन् । अनेमसंघ (क्रान्तिकारी) काठमाडौं महानगरको पहिलो सम्मेलनले मुना न्यौपानेलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो ।
माओवादी केन्द्रकी नेतृ तथा अनेमसंघ (क्रान्तिकारी) की केन्द्रीय अध्यक्ष अमृता थापा मगरको प्रमुख आतिथ्यतामा सम्पन्न सम्मेलनमा सुनिता महर्जनले सञ्चालन र कल्पना महर्जन श्रेष्ठले स्वागत मन्तव्य राखेकी थिइन् ।
कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का जिल्ला ईन्चार्ज हिमाल शर्मा, केन्द्रीय सदस्यहरू सरिता महर्जन, सुनिता गौतम, गोविन्द बटाला, मिना शर्मा, शुशिला पौडेल, सीता अधिकारी, रविन्द्र श्रेष्ठ, नहेन्द्र खड्का लगायतका नेतृ/नेताहरूको उल्लेख्य उपस्थिति थियो । जिल्ला संयोजक संजय लामा, सचिव महेश्वर फुयाँल, महानगर संयोजक निरज लामा, महिला नेतृहरु रमा गिरी, अनिता ढोली, कमला गौतम, मञ्जु पुडासैनी र केशरी गौतमसहित नवराज न्यौपाने, कर्ण स्याङ्तान, दिलीप वन्त र नरेश श्रेष्ठजस्ता नेताहरू पनि कार्यक्रममा सहभागी थिए ।
सम्मेलनलाई प्रमुख अतिथि अमृता थापा मगरसहित हिमाल शर्मा, सुनिता गौतम, सीता अधिकारी, रविन्द्र श्रेष्ठ, नहेन्द्र खड्का, संजय लामा र कमला गौतमले बधाई तथा शुभकामना मन्तव्य दिएका थिए ।
बन्द सत्रमा कविता बस्नेत श्रेष्ठ अध्यक्ष, रुद्र कार्की संचालक र पुर्णा श्रेष्ठ सदस्य रहेका समितिको संयोजनमा अध्यक्ष मुना न्यौपानेले संगठनको गतिविधि र आगामी योजनामाथि रिपोर्ट पेश गरेकी थिइन् ।
यसै क्रममा राधा शर्मा लुइँटेल संयोजक रहेको र पार्वती अधिकारी, रचना महर्जन, नरेश श्रेष्ठ र कमला कार्की ढोली सदस्य रहेको निर्वाचन समितिले निर्विरोध ढंगले समिति चयन भएको घोषणा गर्यो । समितिको नामावली भने यसअघि संगठनकी केन्द्रीय सचिव तथा काठमाडौं इन्चार्ज शुशिला पौडेलले प्रस्तुत गरेकी थिइन् ।

