काठमाडौँ । करिब चार घण्टा लामो जुम बैठकपछि जेन-जी समूहले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई तत्कालका लागि नेतृत्वमा स्वीकार्ने निष्कर्ष निकालेको छ।
भर्चुअल छलफलमा सहभागी युवाहरूले प्रधानसेनापतिसँग वार्तामा जाने व्यक्तिबारे लामो बहस गरेका थिए। यस क्रममा नेतृत्वमा कुनै “गन्ध” नआएको, अर्थात् पूर्वाग्रह वा दलगत प्रभाव नपर्ने व्यक्तिको खोजी गरिँदै आएको थियो। अन्ततः हाल नागरिक अभियन्ता समेत रहेकी कार्कीलाई नेतृत्वको जिम्मेवारी दिने सहमति भएको बैठक स्रोतले जनाएको छ।
बैठकले कार्कीको नेतृत्वमा वार्ता टोली बनाउन र आगामी आन्दोलनका एजेन्डा तय गर्ने तयारी अघि बढाउने निष्कर्ष समेत निकालेको बताइएको छ।

