काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलसँग वार्तामा जाने समिति बनाउने र एजेन्डा तय गर्न बसेको जेनजीहरूको बैठकमा ‘राजा फर्काउने’ प्रस्ताव उठेपछि तीव्र मतभेद पैदा भएको छ। विवाद चर्किएपछि केही सदस्य बैठकमैबाट बाहिरिएका छन्।
अभियन्ता रक्षा बमले केही सैद्धान्तिक विषयमा सहमति नजुटेकाले आफू बैठक छाडेको बताइन्। “बैठकमा राजा फर्काउनेसम्मका कुरा उठेपछि केही जेनजीहरूले असहमति जनाउँदै बैठक छाडेका हुन्,” सहभागी एक अभियन्ताले जानकारी दिए।
बैठकमा मुख्यत: वार्तामा जाने प्रतिनिधि को-को हुने र अन्तरिम सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयमा बहस भएको थियो। केही सदस्यले पूर्वराजा ज्ञानेन्द्र शाहलाई फर्काउने प्रस्ताव अघि सारेका थिए भने अर्काे पक्षले काठमाडौँ महानगरपालिकाका मेयर बालेनलाई अघि सारेका थिए।

