मुख्यमन्त्री यादवको सपथग्रहण विवादमा
काठमाडौँ —राष्ट्रपति रामचन्द्र पौडेलले मंगलवार (कार्तिक २५) मा सुमित्रा सुबेदी भण्डारीलाई मधेश प्रदेशको प्रदेश प्रमुख पदबाट हटाएका छन्। राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीप कुमार कोइरालाका अनुसार यो कदम मन्त्रिपरिषद्को सोमबारको निर्णय र सिफारिसअनुसार गरिएको हो । नेपालको संविधानको धारा १६५ (१) ख बमोजिम सुवेदीलाई पदमुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
प्रदेश प्रमुख सुबेदीले गत हप्ता मुख्यमन्त्री नियुक्तिको प्रक्रियामा विवादित भूमिका निभाएकी थिइन्। उनले नेकपा एमालेका मधेश प्रदेश संसदीय दलका प्रमुख सरोज कुमार यादवलाई मुख्यमन्त्रीको शपथ महोत्तरीको एक होटलभित्र गराएको आरोप लागेको छ, उन यो कदमलाई विपक्षी दलले असंवैधानिक भएको बताएका छन्।
विपक्षी दलहरूले उक्त नियुक्ति प्रक्रियामा धारा १६८ (३) को कानुनी दायराभित्र नपरेको भन्दै सर्वोच्च अदालतमा रिट दायर गर्ने तयारी गरिरहेका छन्।
मन्त्रिपरिषद्ले मंगलवार प्रदेश प्रमुखको जिम्मेवारीमा नयाँ व्यक्ति सुरेन्द्र लाभ कर्ण नियुक्त गरेको छ।
प्रदेश प्रमुख पद विशेषत: संवैधानिक रुपमा प्रतीकात्मक भए पनि, प्रदेशमा सरकार गठन, मुख्यमन्त्रीको नियुक्ति जस्ता संवेदनशील प्रक्रियामा भूमिका हुने भएकाले राजनीतिक गतिरोध उत्पन्न भएको छ।

