काठमाडौँ — जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन।
महाशाखाले जनाएको छ, आज दिउँसो कोशी र वाग्मती प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहँदा बाँकी अधिकांश स्थानमा मौसम मुख्यतया सफा रहनेछ।
महाशाखाका अनुसार आज राति समेत देशभरको मौसम सफा रहने अनुमान गरिएको छ।

