काठमाडौँ। देशका अधिकांश स्थानहरूमा आज बिहान मौसम सामान्य रूपमा सफा रहे पनि चार प्रदेशका पहाडी भू–भागमा आंशिक बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली कायम रहँदा बाँकी भू–भागमा मौसम मुख्यतया खुल्ला रहेको विभागले जनाएको हो।
आज राति गण्डकी प्रदेशको हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात पर्ने सम्भावना रहेको महाशाखाले चेतावनी दिएको छ। त्यस्तै, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू–भागमा पनि सामान्य बदली रहने सम्भावना छ।
दिउँसोसमेत कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी भू–भागमा आंशिक बदली रहनेछ भने अन्य अधिकांश स्थानमा मौसम सफा रहने र आकाश खुल्ने विभागले पूर्वानुमान गरेको छ।

