काठमाडौँ। नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाल राष्ट्रिय महिला क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा भारतका हर्शल पाठकलाई नियुक्त गरेको छ।
क्यानले आज जारी गरेको प्रेस विज्ञप्तिमा थाइल्याण्डका पूर्व अलराउन्डरसमेत रहेका पाठकलाई महिला क्रिकेट टोलीको प्रशिक्षकमा नियुक्त गरिएको जनाएको छ ।
क्यानले यसअघि नै विदेशी प्रशिक्षकका लागि दरखास्त आह्वान गरेको थियो। प्राप्त आवेदनमध्येबाट छनोट प्रक्रियापछि पाठकलाई मुख्य प्रशिक्षकमा नियुक्त गरिएको क्यानले जनाएको हो ।
नेपालले आगामी जनवरी १२ देखि फेब्रुअरी १ तारिखसम्म नेपालमै आयोजना हुने महिला विश्वकप ग्लोबल छनोट प्रतियोगिता खेल्ने तयारी गरिरहेको छ। सो प्रतियोगितालाई लक्षित गर्दै क्यानले नयाँ प्रशिक्षक नियुक्त गरेको हो।

