काठमाडौं। नेकपा एमालेका नेता राजेन्द्र गौतमले उपमहासचिव पदमा दिएको उम्मेदवारी फिर्ता लिएका छन्।
हाल एमालेको प्रचार–प्रसार विभाग प्रमुख रहेका गौतमले केपी शर्मा ओली समूहबाट पदाधिकारीमा दाबी गरेका थिए। तर प्यानलमा नपरेपछि उनले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिएका थिए।
उम्मेदवारी फिर्ता लिने निर्णयबारे टपटेनखबरसँग कुरा गर्दै गौत्तमले भने,
“पार्टीका नेता तथा कार्यकर्ताको सुझाव र सल्लाहलाई ध्यानमा राख्दै केपी शर्मा ओली नेतृत्वको समूहलाई हार्दिकतासाथ बहुमतले विजयी गराउन अपिल गर्दै उम्मेदवारी फिर्ता लिएको हुँ।”
उनले खुला केन्द्रीय सदस्य पदका लागि भने आफ्नो उम्मेदवारी कायम राखेका छन्।

