काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको असरस्वरूप गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली देखिएको छ भने अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको छ।
महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशका हिमाली क्षेत्रमा केही बदली देखिए पनि बाँकी स्थानमा मौसम प्रायः खुला रहनेछ। आज राति भने देशभर मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ।

