काठमाडौँ । सिंहदरबारमा आज प्रधानमन्त्री कार्कीसहित सर्वपक्षीय छलफल हुने भएको छ । निर्वाचन आयोगले प्रधानमन्त्री सुशीला कार्कीसहित राजनीतिक दलका प्रतिनिधि तथा सरोकारवाला निकायसँग सर्वपक्षीय छलफल गर्ने भएको हो।
सोमबार सिंहदरबारमा हुने उक्त छलफलमा निर्वाचनको तयारी, सुरक्षा व्यवस्था, व्यवस्थापन, कानुनी संशोधनलगायत विषयमा व्यापक छलफल हुने आयोगले जनाएको छ।
यसअघि पनि विभिन्न समयमा यस्ता छलफल हुँदै आएका भए पनि निर्वाचन तयारीको पछिल्लो अवस्था, आयोगले गरेका प्रयास तथा सरोकार भएका पक्षहरूको धारणा बुझ्नका लागि पुनः सर्वपक्षीय छलफल आयोजना गर्न लागिएको निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।

