काठमाण्डौ । प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार हुन १० हजार रुपैयाँ धरौटी राख्नुपर्ने निर्वाचन आयोगले व्यवस्था गरेको छ। आयोगद्वारा आइतबार एक सूचना प्रकाशित गर्दै उम्मेदवारी दर्ताका लागि आवश्यक कागजात र शर्तहरू सार्वजनिक गरेको हो।
आयोगले महिला, दलित, अल्पसंख्यक समुदाय तथा आर्थिक रूपमा विपन्न उम्मेदवारका हकमा भने ५ हजार रुपैयाँ धरौटीबापत बुझाउनु पर्ने उल्लेख गरेको छ । आर्थिक रूपमा विपन्न उम्मेदवारले सम्बन्धित स्थानीय तहको विपन्न खुल्ने सिफारिसपत्र अनिवार्य रूपमा पेश गर्नुपर्ने व्यवस्था गरिएको जनाएको छ।
प्रतिनिधिसभा सदस्यका लागि भोलि उम्मेदवारी दर्ताको मिति तोकिएको छ।

