ललितपुर । उज्यालो नेपाल पार्टीका तर्फबाट ललितपुर क्षेत्र नं. २ मा राजाराम तण्डुकार प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवार बनेका छन्। पार्टीको चुनाव चिन्ह ‘चिम’ रहेको छ।
उम्मेदवार तण्डुकारले उज्यालो नेपाल पार्टीको मूल लक्ष्य सुशासन, समृद्धि र सामाजिक न्याय रहेको बताएका छन्। देश निर्माणका लागि स्पष्ट भिजन आफ्नो पार्टीसँग रहेको दाबी गर्दै उनले वैकल्पिक राजनीतिको आवश्यकता औंल्याए।
आज ललितपुरको कुमारीपार्टीमा आयोजित कार्यक्रममा राजु महर्जनको संयोजनमा १५१ सदस्यीय निर्वाचन कमिटी गठन गरिएको छ। कमिटीले आगामी निर्वाचनलाई लक्षित गरी संगठन विस्तार, जनसम्पर्क र प्रचार–प्रसारका कार्यक्रमलाई तीव्रता दिने बताइएको छ।
कार्यक्रममा सहभागी वक्ताहरूले ललितपुर–२ मा नयाँ राजनीतिक विकल्पको रूपमा उज्यालो नेपाल पार्टीलाई स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

