१७ फागुन, काठमाडौं ।
इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी को निधन भएको पुष्टि भएको छ। इरानको सरकारी सञ्चारमाध्यम Islamic Republic of Iran Broadcasting ले आइतबार आधिकारिक रूपमा उनको मृत्युको जानकारी दिएको हो। राज्य टेलिभिजनका अनुसार देशभर ४० दिनसम्म राष्ट्रिय शोक घोषणा गरिएको छ र विभिन्न सहरहरूमा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिनेछ।
यसअघि अमेरिकी राष्ट्रपति Donald Trump ले सामाजिक सञ्जाल Truth Social मार्फत खामेनी मारिएको दाबी गरेका थिए। तर त्यतिबेला इरानबाट औपचारिक पुष्टि नभएकाले उक्त दाबी विवादास्पद बनेको थियो।
खामेनी सन् १९८९ देखि इरानका सर्वोच्च नेता रहँदै आएका थिए। उनको निधनले मध्यपूर्वको राजनीतिक समीकरणमा ठूलो प्रभाव पार्ने विश्लेषण गरिएको छ। अब इरानको नयाँ नेतृत्व चयन प्रक्रियातर्फ अन्तर्राष्ट्रिय समुदायको ध्यान केन्द्रित भएको छ।

