देशभर घण्टी बजेका बेला इलाममा किन बजेन रास्वपाको घन्टी !
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत इलाम क्षेत्र नं. १ मा रोचक त्रीपक्षीय प्रतिस्पर्धा देखिएको छ। पछिल्लो मतगणना परिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवार निश्लक राई अग्रस्थानमा रहेका छन्।
राईले हालसम्म १० हजार ८४९ मत प्राप्त गरेका छन् भने श्रम संस्कृति पार्टीका उम्मेदवार लिम्बुले उनलाई १० हजार ६५१ मत ल्याएर टक्कर दिएका छन्। यससँगै राईले १९८ मतको झिनो अग्रता कायम गरेका छन्।
तेस्रो स्थानमा रहेका नेकपा (एमाले)का उम्मेदवार काजीमान कागतेले ९ हजार ९९८ मत प्राप्त गरेका छन्। त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार विमल गदालले ६ हजार ७५८ मत पाएका छन्।
इलाम–१ मा कांग्रेस, श्रम संस्कृति पार्टी र एमालेबीच कडा प्रतिस्पर्धा देखिएको छ। मतान्तर कम भएकाले अन्तिम परिणाम कसको पक्षमा जान्छ भन्ने चासो बढेको छ।
देशभर घन्टी बजेका बेला इलाम-१ मा भने चुनावी परिणाम हात पार्न रास्वपालाई नै घण्टी बज्ने देखिएको छ ।

