तत्कालीन अवस्थामा जनयुद्ध सुरु गर्ने निर्णय माओवादीको १९ सदस्यीय केन्द्रीय समितिले गरेको थियो । माओवादीले जनयुद्ध सुरु गर्ने समयमा रहेका ती १९ जना केन्द्रीय सदस्यहरु आज सबै सँगै रहेका छैनन्।
१• पुष्पकमल दाहाल (प्रचण्ड) २•मोहन बैध (किरण) ३•सीपी गजुरेल (गौरव)
४ • डा• बाबुराम भट्टराइ ( लालध्वज) ५• राम बहादुर थापा (बादल) ६• हरिभक्त कडेल (प्रतिक) ७• द्ण्डपानी न्यौपाने (दिपेन्द्र) ८• पोष्ट बहादुर बोगटी (दिवाकर )
९•लोकेन्द्र बिष्ट मगर (अभ्यास) १० यान प्रासाद गौतम (आलोक ) ११• दिनेश शर्मा (सागर) १२•हरिबोल गजुरेल ( शितलकुमार) १३•टोप बहादुर रायमाझि (अनिल) १४•देबप्रसाद गुरुङ( कान्छा बाहादुर) १५• पम्फा भुसाल( बिधुत) १६•नारायण शर्मा( कमलप्रसाद) १७• फणिन्द्र आचर्य (अनल ) १८•मात्रीका यादब (राम सिङ) १९• अग्नि प्रसाद सापकोटा ( कन्चन)
===सरकारविरुद्ध जनयुद्धको जोखिमपूर्ण निर्णयका क्रममा सँगै रहेका माओवादीका नेताहरु आज बिभाजित बनेका छन्। जनयुद्धको अन्तिम तयारीका क्रममा रहेका १९ जनासहितको तत्कालीन माओवादीका केन्द्रीय सदस्यहरु आज फरक पार्टीको राजनीतिमा क्रियाशिल छन्।
तत्कालीन माओवादीले जनयुद्ध सुरु गर्नुपूर्व रहेका १९ केन्द्रीय सदस्य आज कतिपयले राजनीतिक सक्रियता बढाइरहेका छन् भने कतिपय राजनीतिबाट बाहिरिएका छन | तत्कालीन अवस्थामा संसदीय ब्यवस्थाविरुद्ध भन्दै २०५२ साल फागुन १ गतेदेखि जनयुद्ध सुरू गरेकाे माओवादी आज शान्तिप्रक्रियामा आएको समेत लगभग १८ वर्ष पुगिसकेको छ।
दश वर्षसम्म नेकपा(माओवादी)द्धारा सञ्चालित जनयुद्ध २०६३ सालमा आएर बिस्तृत शान्ति सम्झौता हुँदै संविधान सभाको निर्वाचनमार्फत शान्तिपूर्ण राजनीतिमा आएको हो ।
अहिलेसम्म माओवादीले चार पटक सरकारको नेतृत्व गरिसकेको छ। माओवादी जनयुद्धका सुप्रिमो प्रचण्डले हालसम्म तीन पटक सरकारको नेतृत्व गरिसकेका छन्।
त्यस्तै तत्कालीन अर्का शीर्ष नेता डा.बाबुराम भट्टराईले पनि एक पटक सरकारको नेतृत्व गरेका हुन्। माओवादीले राज्यसत्ताविरुद्ध जनयुद्ध सुरु गर्दाका १९ केन्द्रीय सदस्यहरु आज सबै प्रचण्डसँग छैनन्।
अधिकांशले प्रचण्डलाई नै राजनीतिक रुपमा साथ दिइरहेका छन्। तथापि कतिपय फरक धारको राजनीतिमा छन्। केहीले त राजनीतिबाट विश्रामसमेत लिएका छन्।
तत्कालीन जनयुद्ध सुरु गर्दा ताका नेकपा(माओवादी)का महामन्त्री रहेका प्रचण्ड हाल नेकपा (माओवादी केन्द्र) को अध्यक्ष रहेका छन् |
माओवादीले जनयुद्धको तयारी गर्दैगर्दा पार्टीमा ती १९ केन्द्रीय सदस्यमध्येबाटै ५ जनाको (पोलिटब्यूरो) गठन गरेको थियो। जसमा १• पुष्पकमल दाहाल (प्रचण्ड)२• मोहन वैद्य (किरण),३• सीपी गजुरेल (गौरब) ४•बाबुराम भट्टराई (लालध्वज), ५•रामबहादुर थापा (बादल), थिए। पार्टीको महत्वपूर्ण निर्णय गर्नुपर्दा यही ५ सदस्यीय पोलिटब्यूरोले गर्दथ्यो।
यी ५ सदस्यीय पोलिटब्यूरोमध्येमा समेत सबै राजनीतिक रुपमा सँगै छैनन्।
जनयुद्धभर प्रचण्डसँग साथमै रहेका प्रभाबशाली नेता मार्गदर्शक तथा बिचारक २•मोहन बैध ( कं किरण) युद्धको उत्तरार्धमा भारतमा पक्राउ पर्नु भयको थियो। जनयुद्धमा सबैभन्दा अग्रज मानिने नेता हुनुहुन्छ | उहां हाल क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको संयोजक हुनुहुन्छ | उहांले निरन्तर क्रान्तिकारि लाइनकै नेतृत्व गरिराख्नु भयको छ | उहां यक इमान्दार र निष्ठावान नेताको रुपमा परिचित नेता हुनुहुन्छ |
यस्तै अर्का नेता ४•डा.बाबुराम भट्टराई भने प्रचण्डको साथ छाडेर नेपाल समाजवालदी पार्टी गठन गरेका छन्। उनले २०४८ सलदेखि प्रचण्डलाई साथ दिएका थिए तर नेपालको संविधान २०७२ जारी भएको केही समयमै सो पार्टी परित्याग गर्दै बाहिरिएका थिए। यद्यपि उनी अहिले प्रचण्ड नेतृत्वको पार्टीसँग एकता गर्ने अन्तिम तयारीमा छन्।
तत्कालीन पोलिटब्यूरोमा रहेका ५•रामबहादुर थापा बादल समेत अलग पार्टीमा लागेका छन्। उनी माओवादी र एमाले एकतापछि बनेको नेकपा बिभाजनको समयमै एमालेतिर लागेका हुन्। उनी हाल एमालेको उपाध्यक्ष रहेका छन्।
२०६९ सालमा प्रचण्ड नेतृत्वको एकीकृत नेकपा(माओवादी) बिभाजन हुँदा मोहन वैद्य (किरण)तर्फ लागेका उनी २०७३ सालमा प्रचण्ड नेतृत्वकै पाटीमा समाहित भएका थिए।
केन्द्रीय सदस्यहरुमा ७•पोष्टबहादुर बोगटी (दिवाकर)को निधन भइसकेको छ। २०७१ सालमा निधन भएको हो। तत्कालीन एकीकृत नेकपा (माओवादी) को उपाध्यक्ष रहेका उनको हृदयघातका कारण निधन भएको हो।
उनी माओवादी अध्यक्ष प्रचण्डका विश्वासपात्रका रुपमा चिनिन्थे। उनका छोराको समेत माओवादीले सञ्चालन गरेको जनयुद्धमा निधन भएको थियो। हाल उनका दुई छोरी र श्रीमती माओवादी (केन्द्र)को सक्रिय राजनीतिमै छन्।
यस्तै अर्का प्रभाबशाली पोलिट्ब्यूरो सदस्य रहेका ३•सीपी गजुरेल (गौरब) पुष्पकमल दाहाल (प्रचण्ड ) सँग अलग भएर मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालमा नै आबद्द हुनुहुन्छ। उक्त पार्टीको बरिष्ठ नेता हुनुहुन्छ |
यस्तै अन्य १९ केन्द्रीय सदस्यहरुमध्ये अर्का ७•हरिबोल गजुरेल हुन्। उनी माओवादी (केन्द्र) को स्थाइ समिती सदस्य को जिम्मेवारीमा छन्।
अर्का प्रभाबशालि केन्द्रीय सदस्य रहेका ७•यानप्रसाद गौतम (आलोक )माओवादी जनयुद्धकालमा मारिएका हुन्। उनलाई तत्कालीन शाही नेपाली सेनाले रोल्पामा २०५९ सालमा हत्या गरेको बताइन्छ।
(प्रचण्ड )विरुद्ध गतिबिधि गरेको भन्दै उनलाई माओवादीले कारबाही समेत गरेको थियो । सोही समयमा सेनाको आक्रमणबाट मारिएका उनको मृत्यु रहस्यमय भएको समेत चर्चा हुने गर्दछ।
यस्तै जनयुद्ध सुरु गर्दाको १९ सदस्यीय केन्द्रीय समितिमा रहेका अर्का केन्द्रीय सदस्य ९•टोपबहादुर रायमाझी (अनिल)हुन्। उनी हाल भ्रष्टचारको मुद्दामा जेलमा छन | नेकपा (एमाले) को सचिव पनि हुन।
लामोसमयसम्म प्रचण्ड नेतृत्वको पार्टीमा रहेका उनलाई बाबुराम भट्टराई निकट भनेरसमेत चिनिन्थ्यो। नेकपा बिभाजित हुँदा एमालेमै रहेका उनी हाल सोही पार्टीको राजनीतिमा सक्रिय छन्।
माओवादी जनयुद्ध सुरु गर्ने समयका अर्का केन्द्रीय सदस्य १०•देवप्रसाद गुरुङ (कान्छाबाहादुर) हुन्। उनी हाल नेकपा (माओवादी केन्द्र)को महासचिवको जिम्मेवारीमा छन्। केही समय अगाडि माओवादी अध्यक्ष प्रचण्डसँग बिभाजित भएर मोहन वैद्य नेतृत्वको पार्टीमा लागेका उनी बादलको नेतृत्वमा फर्किएका हुन्।
यस्तै अर्की केन्द्रीय सदस्य रहेकी ११•पम्फा भुसाल (बिधुत)प्रचण्ड नेतृत्वकै पार्टीको उपमहासचिव रहेकी छिन्। उनी पनि २०६९ सालमा पार्टी बिभाजन हुँदा वैद्य नेतृत्वको पार्टीमा लागकी थिइन्। तर, पछि बादलसँगै पुनःफर्किएकी हुन्।
यस्तै तत्कालीन १९ जना केन्द्रीय सदस्यमध्ये एक १२•दण्डपाणि न्यौपाने ( दिपेन्द्र )हालसम्म बेपत्ता छन्। माओवादी जनयुद्धकै क्रममा प्रहरीले उनलाई पक्राउ परेको थियो। २०५६ सालमा काठमाडौंबाट प्रहरीले पक्राउ गरेसँगै हालसम्म उनको अवस्था अज्ञात रहेको छ।
तत्कालीन केन्द्रीय सदस्य रहेका १३•अग्नि सापकोटा (कञ्चन)प्रचण्ड नेतृत्वकै पार्टीमा रहेका छन्। उनि हाल माओबादी (केन्द्र ) को उपाध्यक्ष मा छ्न |माओवादी बिभाजित हुँदा समेत प्रचण्डको साथ नछाडेका उनको राजनीतिक सक्रियता प्रचण्डकै पार्टीमा रहेको छ। उनि सभामुख समेत भैसकेका छ्न |
अर्का केन्द्रीय सदस्य रहेका १४•लोकेन्द्र बिष्ट (अभ्यास) भने राजनीतिक रुपमा निष्क्रिय रहेका छन्। उनले पछिल्लो देशको राजनीतिक अवस्थाबाट बिरक्तिएर ब्यावसायिक कृषितर्फ लागेका छन्।
उनले दाङको बिजौरीमा ब्यावसायिक खेती अंगालेका छन्। माओवादीमा परिचित उनी देशमा राजनीति विकृत भएपछि कृषि पेशा अंगालेको बताउँछन्।
यस्तै अर्का प्रभाबशाली केन्द्रीय सदस्य ६• हरिभक्त कँडेल (प्रतिक)प्रचण्डसँग अलग भएर मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालमा आबद्द हुनुहुन्छ । उहां प्रचण्ड सँग २०६९ सालमा राजनीतिक रुपमा अलग हुन् भयको हो। अहिले वैद्य नेतृत्वको पार्टीको कार्यलय सदस्य हुनुहुन्छ ।
मधेशी समुदायबाट एकल रुपमा रहेका केन्द्रीय सदस्य १६•मातृका यादव प्रचण्ड नेतृत्वकै पार्टीमा छन्। उनी केही समय अगाडि प्रचण्डको पार्टीबाट अलग भएका थिए। तर, २०७३ सालमा फेरि प्रचण्ड नेतृत्वकैसमाहित भएका उनी हाल उक्त नेकपा(माओवादी केन्द्र)को उपमहासचिव रहेका छन्।
अर्का केन्द्रीय सदस्य १७•नारायणप्रसाद शर्मा भने पछिल्लो समय राजनीतिक सक्रियता बढाएका छैनन्। माओवादी बिभाजित हुँदा मोहन वैद्यतिर लागेका उनी बादलसँगै प्रचण्ड नेतृत्वकै पार्टीमा फर्किएका थिए।
पछिल्लो समय प्रचण्डसँग राजनीतिक रुपमा असन्तुष्ट रहेका उनी केही समय अगाडि एमसीसी खारेजी अभियानमा सक्रिय थिए। उनी माओवादीको मुखपत्र जनादेशका पूर्वसम्पादक समेत हुन्।
यस्तै अर्का प्रभाबशाली केन्द्रीय सदस्य १८•दिनेश शर्मा (सागर) हाल मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालमा आबद्ध हुनुहुन्छ। जनयुद्ध सुरु गर्ने क्रममा रहेका १९ जना केन्द्रीय सदस्य मध्ये एक उहां प्रचण्ड नेतृ त्वको पार्टी बिभाजित हुँदा मोहन बैध (किरण) तर्फ लाग्नु भयको हो । अहिले सोही पार्टीको कार्यलय सदस्य हुनुहुन्छ ।
माओवादी जनयुद्ध सुरु गर्नु भन्दा अगाडिको १९ जना केन्द्रीय समितिमा रहेका १९• फणिन्द्र आचार्य भने राजनीतिक रुपमा नेतृत्वदायी तहमा छैनन्। उनी माओवादीले सञ्चालन गरेको जनयुद्धमा सहभागी नभएपनि शान्तिप्रक्रियापछि माओवादीमा जोडिएका थिए। हाल उनी चितवनमा ब्याबसायिक जीवन ब्यतित गरिरहेका छन्।

