काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का पार्टी सभापति रवि लामिछाने बिरुद्ध काठमाडौँबाट पनि पक्राउ पुर्जी जारी भएको छ । काठमाडौँको कालिमाटीमा रहेको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीको रकम अपचलन प्रकरणमा लामिछाने जोडीएको देखिएपछि पक्राउ पुर्जी जारी भएको हो ।
लामिछानेसँग पूर्वडिआइजी छविलाल जोशीविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ । लामिछाने र जोशी दुबैजना विरुद्ध पोखराको सुर्यदर्शन सहकारी र बुटवलको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन गरेको अभियोगमा अनुसन्धान भैरहेको छ । अब उनीहरुलाई पक्राउ पुर्जी जारि भएपछि बयानका लागि काठमाडौं ल्याउने तयारी भैरहेको बुझिएको छ ।

