काठमाडौँ । पूर्व प्रधानमन्त्री प्रचण्डले ‘चाइना कार्ड’ भन्दै दिएको अभिव्यक्तिको आलोचना भएको भएको छ । भारतीय पत्रिका ‘द हिन्दू’सँगको अन्तरवार्तामा पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणलाई ‘चाइना कार्ड’ प्रयोग गर्नेमा केन्द्रित देखिएको गम्भीर आरोप लगाएका थिए ।
उनको यस किसिमको अभिव्यक्तिलाई परराष्ट्र मामिलाका जानकारहरूले ‘कूटनीतिक मर्यादाविपरीत’ भनेका छन् ।
तीन पटकसम्म प्रधानमन्त्री भइसकेका तथा प्रमुख प्रतिपक्षी दलको नेताले कूटनीतिक मर्यदाविपरीत अभिव्यक्ति दिनु दुर्भाग्यपूर्ण भएको विधिन्न कूटनीतिज्ञहरूले बताएका छन् ।

