मध्यपुर थिमि ४ दथुटाेलमा संचालित ओस्ला बचत तथा ऋण सहकारी संस्थाकाे चौधौं वार्षिक साधारणसभा शनिबार सम्पन्न भयाे। उक्त अवसरमा मध्यपुरथिमिका साँस्कृतिक धराेहर वरिष्ठ वाद्य तथा नृत्य नायक श्रीगाेपाल प्रजापतिले पानसमा दीप प्रज्वलित गरी उद्घाटन गर्नुभयाे। संस्थाका अध्यक्ष राेशन काजि बज्राचार्य , सचिव डिकेश बज्राचार्यद्वारा वार्षिक प्रतिवेदन र काेषाध्यक्ष सुशील जाेशीबाट प्रस्तुत २०८०/०८१काे आर्थिक प्रतिवेदन
सभाद्वारा पारित गरियाे। संस्थामा हाल १९३३ शेयर सदस्य र रु.२कराेड ७६लाख चुक्ता पुँजी पुगेकाे सभामा जानकारी दिइयो ।

