टीका खरेल सुवेदी
सत्तामोहमा समवेदना हराउँदो रहेछ
सत्ताकै लागि वंशनाश गराउँदो रहेछ
जनता मृत्युसँग संघर्ष गरिरहेको बेलामा
सरकार भने चुनाव मन पराउँदो रहेछ
उसकोलागि लासको गन्ती संख्या मात्र
पर्नेहरूले मात्र वियोगले कराउँदो रहेछ
कस्तो भोक सत्तालिप्साको कहिल्यै नअघाउने
कुर्सी बाहेक अरू मामुली ठहराउँदो रहेछ
रोगको भन्दा भोकको पीडा गाह्रो रहेछ हजुर
भोको पेटले सारङ्गी रेट्दा चराउँदो रहेछ

