प्रधानमन्त्री केपी शर्मा ओलीले आसन्न चीन भ्रमणबारे नेपालका पूर्वप्रधानमन्त्री र पूर्वपरराष्ट्रमन्त्रीहरूसँग छलफल गरेका छन् ।
सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले भ्रमणका क्रममा चीनसँग ऋण सम्झौता नगर्ने बताएको एकीकृत समाजनवादीका सम्मानित नेता झलनाथ खनालले बताए ।
उनले भने, ‘प्रधानमन्त्रीले यो भ्रमणमा ऋणसँग सम्बन्धित कुनै सम्झौता गर्दिनँ भन्नुभयो । तर, हामीले ठिक छ यो भ्रमणमा ऋण सम्झौता गर्नुहुन्न भने यो तपाईंको कुरा भयो । तर, चीनसँग ऋण लिनै हुँदैन भन्ने नीति बनाउन लागिएको हो भने यो असाध्यै आपत्तिजनक कुरा हो भन्ने राखेका छौं

