काठमाडौं: सरकारले चीनबाट खरिद गरेको कोभिड-१९ विरुद्धको भेरोसेल खोप लिन वायु सेवा निगमको अन्तिम उडानको जहाज आइतबार चीनको बेइजिङ जाने उडान तालिका रहेको निगमले जनाएको छ।
निगमले पछिल्लो पटक तीन उडानमार्फत चीनबाट खोप नेपाल ल्याएको छ।
गत असार २५ गते पहिलो उडानमार्फत आठ लाख मात्र खोप नेपाल ल्याइएको थियो।
त्यस्तै साउन १ गते थप मात्राको खोप ल्याइएको थियो।

