शत्रुघन श्रेष्ठ
घोराही सिमेन्ट उद्योग सन् २००७ मा स्थापना भएको थियो । यो उद्योग दाङ्ग जिल्लामा रहेको छ । यसले सगरमाथा, गोर्खा, विश्वकर्मा लगायत ब्राण्ड सिमेन्ट उत्पादन र बिक्री गर्दछ । इन्फोमेरिक्स नेपालका अनुसार घोराहीको वार्षिक किलंकर उत्पादन क्षमता ८ लाख ४० हजार मेट्रिक टन रहेको छ । आ.ब. सन् २०२२ मा रु. ५ अर्ब ४ करोड रुपैयाँ कम्पनीको सञ्चालन आम्दानी गरेको कम्पनीले सन् २०२३ को ६ महिनामा रु. १ अर्ब ८३ करोड रुपैयाँ आम्दानी गरेको छ । गत आ.ब.मा कम्पनीको प्रति शेयर नेटवर्थ रु. २६९ रुपैयाँ ५६ पैसा रहेको छ भने कम्पनीको प्रति शयर आम्दानी ११ रुपैयाँ ३४ पैसा रहेको छ । घोराही सिमेन्ट कं का चुक्ता पूँजी रु. ३ अर्ब ९७ करोड १९ लाख ६०० रहेको छ । कम्पनीको जगेडा कोषमा भने रु. ३ अर्ब ९९ करोड रहेका छ । घोराही सिमेन्ट कं मा हाल प्रतिष्ठान अनुभवि व्यवसायिक संचालकहरु अध्यक्ष पुरुषोत्तम लाल संघई, अन्जु संघई, आदित्य संघई, त्रिलोक चन्द्र अग्रवाल, बिवेक अग्रवाल र कम्पनी सचिव देवराज बानियाँ रहेका छन् । देशको एक बहुप्रतिष्ठित कम्पनी र एक सफल सिमेन्ट उद्योगको रुपमा स्थापित हुँदै निरन्तर रुपमा सञ्चालन हुँदै आइराखेको कं हो । यस कम्पनीले मिति २०८०।४।२५ मा नेप्सेमा कारोबार सुचिकृत भएको ५ महिना भित्र अथवा आ.ब. २०७९/८० मा पौष २९ गते वार्षिक साधारण सभा आफ्नै उद्योग भएको स्थान दाङको घोराहि स्थित होटल पौवामा गरी शेयरधनीहरुलाई १५ प्रतिशत बोनस खुवाउन सफल भएको थियो । गत आ.ब. २०७८/७९ र ०७९/८० मा कम्पनीले रु. ४ अर्ब ६२ करोग ५४ लाख ५४ हजार ६७५ रुपैयाँ सिमेन्ट बिक्री गरे र ०७८/०७९ मा ४ अर्ब ८० करोड १५ लाख ३० हजार ९५३ सिमेन्ट विक्री गरेको थियो । खुद नाफा आ.ब. २०७९/८० मा ६ करोड ३१ लाख ५३ हजार ७२२ गर्न सफल र ०७८/०७९ मा २१ करोड ६५ लाख ४१ हजार ५८७ नाफा गरेको थियो । नाफाको आधारमा यो कम्पनी धेरै राम्रो छ, कम्पनीले राम्रो प्रतिफल दिन सकेको छ ।
घोराही सिमेन्ट उद्योग स्वेदशी पूँजीबाट सञ्चालन भएको नेपाली सिमेन्छ उद्योगहरुमा अग्रणि उद्योगको रुपमा स्थापित हुन सफल भएको छ । स्थापना देखि हालसम्मको व्यवसायिक यात्रामा उद्योगले हासिल गरेका उपलब्धीले शेयरधनीहरुले आईपिओ निकालेको छोटो सयममानै १५% बोनस शेयर प्राप्त गर्न सफल भएका छौं । यस उद्योगले स्थापना कालदेखि सिमेन्छ उद्योगले पालना गर्नुपर्ने वातावरणिय तथा गुणस्तर सम्बन्धि सम्पूणर् मापदण्डहरुको परिपालना गरी विश्व स्तरका सिमेन्ट र क्लिंकरका उत्पादन गर्दै आएको हो । वातावरणीय मापदण्ड कायम गर्न प्रत्येक वर्ष उद्याृेगले आफ्नै तर्फबाट प्रतिष्ठत विदेशी कम्पनीबाट समग्र वातावरणीय अवस्थाका परीक्षण गराई प्राप्त प्रतिवेदनले औंल्याएका सुझावहरुलाई कार्यान्वयन गर्दै आएको छ भने नेपाल सरकार वातावरण विभागबाट जारी मापदण्डको समेत पूणर् पालना गर्दै आईरहेको छ । उद्योगको प्रतिफलमा सर्वसाधारणलाई समेत समाहित गरि अघि बढ्ने उद्देश्य अनुसार शेयरको प्राथमिक निस्काशन गरे पश्चात् प्राप्त रकमले उद्योगको पूँजीगत आधार मजबुत बनाउन महत्वपूणर् योगदान गरेको छ ।
विश्वमा महामारीको रुपमा फैलिएको कोभिड – १९ तथा युक्रेन, रुस युद्धले निम्त्याएको वैदेशीक आर्थिक मन्दी तथा सरकारको घट्दो आम्दानीले सार्वजनिक तथा निजि दुवै क्षेत्रको निर्माण कार्यमा मन्दी आर्य बजारमा सिमेन्टको माग घटन गएको छ भने देश भित्र खपत हुने भन्दा झण्डै दुई गुण बढी क्षमताको सिमेन्छ उद्योगको स्थापना तथा उत्पादन शुरु भएकोले सिमेन्ट बिक्रीमा तिब्र प्रतिकूलता कायम रहेको स्थिति रहेको छ । यसका साथै बैंकको ब्याजदरमा उच्च वृद्धि तथा बिजुलीको लोडसेलिङ्ग लगायतका समस्याले समेत प्रतिशुल प्रभाव परेका छ । यो प्रतिकूलताका बाबजुदमा पनि उद्योगले समीक्षा अवधिमा अक्षेरेपी रु. ६ करोड ३१ लाख त्रिपन्न हजार सात सय बाईस रुपैयाँ मुनाफा गर्न सफल भएको छ भने आ.ब. २०८०/८१ को मंसीर महिनासम्मा रु.१ अर्ब ४२ करोड २५ लाख रकमको बिक्री गर्न कम्पनी सफल भएको छ । यस उद्योगले व्यवसाय विस्तारको क्रममा सुनवल नगरपालिका वडा नं. ९, बैजनाथ, बाँके जिल्लामा सिमेन्छ प्याकेजिङ्ग प्लान्ट स्थापना गरी सञ्चालनमा ल्याएको छ । जसबाट सिमेन्टको गुणस्तर तथा परिवहरनमा सकारात्मक योगदान पुग्नुको साथै बजार विस्तारमा समेत सघाउ पुग्ने छ । उद्योगले आफ्ना उत्पादन भारतमा निर्यातको अनुमति लिई सोही बमोजिम सिमेन्ट तथा क्लिंकरको निर्यातको कार्य प्रारम्भ भैसकेको छ । आगमी दिनमा यसको परिमाणात्मक अभिवृद्धि गरिंदै लैजाने योजना रहेको छ । सिमेन्टको कच्चा पदार्थको रुपमा रहेको गुणस्तरीय चुनढुङ्गाको भरपर्दो आपूर्तिका लागि थप खानी सञ्चालनको प्रकृया समेत अगाडी बढाउँदै लगरिाखेको छ ।
उद्योगले गत आ.ब. २०७९/८० मा गरेको उत्पादन तथा बिक्री वितरण गत आ.ब. २०७८/७९ सँगको तुलनात्मक परिमाण ः- आ.ब. २०७९/८० मा क्लिंकर (मे.टन) ५ लाख २१ हजार ६५७ मेट्रीक टन उत्पादन गर्न सफल भएको थियो भने आ.ब. २०७८/७९ मा ५ लाख १ हजार ५१२ मेट्रीक टन उत्पादन गर्न सफल भएको थियो । त्यस्तै आ.ब. २०७९/८० मा सिमेन्ट ४ लाख ८७ हजार ३०० मेट्रीक टन उत्पादन गर्न सफल भएको थियो भने आ.ब. २०७८/७९ मा सिमेन्ट ४ लाख ३२ हजार १५७ मेट्रीक टन उत्पादन गर्न सफल भएको थियो । यसरी कम्पनीको शेयर पूँजी र संचित कोष हेर्ने हो भने कम्नपीको घोराहि सिमेन्टको अधिकृत पूँजी ६ अर्ब ८० करोड तथा जारी पूँजी ३ अर्ब ९७ करोड १९ लाख ६०० सय रुपैयाँ रहेको छ भने कम्पनीको आ.ब. ०७९/८० को अन्त्यसम्मा कायम रहेको चुक्ता पूँजी Paid of capital ३ अर्ब ९७ करोड १९ लाख ६०० रुपैयाँ रहेको छ । नेपाल धितोपत्र बोर्ड को स्वीकृति बमोजिम प्रिमियम मूल्य रु…२४२…….. मा शेयर जारी गरिएको थियो ।
कम्पनीको २०८० असार मसान्तसम्ममा कायम भएको संचित कोषमा रु. ६ अर्ब ७४ करोड ४४ लाख ७९ हजार २४२ रुपैयाँ शेयर प्रिमियम सहित हुन पुगेको छ । संस्थागत सुशासन तर्फ हेर्ने हो भने व्यवस्थापकिय संचालक तथा जिम्मेवार व्यक्तिहरुबाट आर्थिक तथा प्रशासन विनियमावली लेखापरीक्षण समिति तथा आन्तरिक व्यवस्थापन प्रणालीमा प्रभावकारी बनाउने ,काराेबारहरुलाई चुस्त,दुरुस्त बनाउदै लैजान कंपनि सफलहुदै आईरहेकाे छ।घाेराही सिमेन्ट कम्पनीले आफ्नो उत्पादित सिमेन्ट अन्तराष्ट्रिय गुणस्तर ISO/IEC17025:2017 घाेराही सिमेन्ट लि. quality control laboratory Testing also highest & Timely Vat Payment Awards From 7th National Tax Day 2075,8th National Tax Day2076, 9th national Tax Day 2078( राष्ट्रिय कर दिवस) बाट सम्मानित भएको थियो ।
लेखक श्रेष्ठ शेयरधनी सदस्य हुन्।

