दिपक योगी – काठमाडौं ।
मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंले अदालतमा हालेका दुई रिट एकैदिनमा खारेज भएको छ । याे सँगै प्रसाईं अझै प्रहरी हिरासतमै बस्नुपर्ने भएको स्राेतले जनाएको छ। दुर्गा प्रसाईंलाई अझै कति दिन हिरासतमा राख्नुपर्ने भन्नेबारे अहिलेसम्म कुनै निणय भएको छैन। उनिमाथी हिरासतमै राखि छानबिन भइरहेको छ। यस्तै दुर्गा प्रसाईंका समर्थकहरुले उनको स्वास्थ्य अवस्था निकै बिग्रेको बताएका छन् ।
प्रसाईंको दिसापिसाब र खकारबाट रगत देखिने गरेको उनका समर्थकले बताएका छन्। सरकारले दुर्गा प्रसाईंलाई मार्न खोजेको भन्ने आराेप समर्थकले लगाएका छन् । दुर्गा प्रसाईं समर्थकले मिडियासँग उनको स्वास्थ्य अवस्थाबारे बुझिदिन हारगुहार गरेका छन्। यसैगरी काङ्ग्रेस जनघाती भयो भन्दै महामन्त्री गगन थापा र बिश्वप्रकाश शर्मालाई तुरुन्तै दुर्गा प्रसाईं पक्राउ बारे विज्ञप्ती निकाल्नुस् र संसदमा आवाज उठाउनुस् नत्र शंकाको सुइ प्रधानमन्त्री ओलीतिर गयो, संसद घेरेर ढोका बन्द गरेर प्रधानमन्त्री ओलीलाई कारबाहीको लागी अगाडि बढाउनुस केपी ओलीले गरेको कम्बोडिया काण्ड फेक होईन प्रधानमन्त्री ओली फेक हो भन्दै चेतावनी दिएका छन्।
प्रसाईं समर्थकले उदाहरण दिँदै १२ भाई १३ भाई , सेतो पाटी , कालो पाटी , रातो पाटी सबै देश बेच्न आएका तस्कर दलाल बिचौलिया मारवाडीहरु हुन भनेका छन्। साथै यो व्यवस्था नै गलत भएको र जसरीपनि यो व्यवस्था फाल्ने चेतावनी दिएका छन्। दुर्गा प्रसाईं समर्थक भन्छन् हामी भुइँमान्छेको सहारा हो जनघाती त नेकपा एमाले हो ओली हो भन्दै आक्राेश व्यक्त गरेका छन्।

