सुदूरपश्चिम रोयल्सका कप्तान दीपेद्रसिंह ऐरी नेपाल प्रिमियर लिग (एनपीएल)को सर्वोत्कृष्ट नेपाली खेलाडी बनेका छन् ।
आफ्नो टोलीलाई उपविजेता बनाउन महत्त्वपूर्ण भूमिका खेलेका दीपेन्द्र सर्वोत्कृष्ट नेपाली खेलाडी बनेका हुन् ।
सर्वोत्कृष्ट नेपाली खेलाडी घोषित दीपेन्द्रले कार पुरस्कार प्राप्त गरेका छन् । उनले प्रतियोगिताभर २२७ रन, ८ विकेट, ३ क्याच र ७ रन आउट गरेका छन् ।
नेपाल क्रिकेट संघ क्यानले आयोजना गरेको प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई ओमाडो एण्ड जेईकोले कार उपहार दिने निर्णय गरेको थियो ।

