आज विश्वभर मनाउँदै गरिएको विश्व ध्यान दिवस (world meditation day )को अवसरमा पूर्वउपप्रधानमन्त्री तथा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सबैमा हार्दिक शुभकामना व्यक्त गरेका छन् ।
संयुक्त राष्ट्र संघले डिसेम्बर ७, २०२४ मा नेपाल समेत केही सदस्य राष्ट्रहरूको प्रस्तावमा महासभाबाट सर्वसम्मतिले डिसेम्बर २१ लाई विश्व ध्यान दिवस घोषणा गरेको हो ।राष्ट्र संघले यस अघि नै घोषणा गरे अनुसार प्रत्येक वर्ष जुन २१ मा अन्तराष्ट्रिय योग दिवस मनाउने गरिएको छ ।डिसेम्बर ७ काे विश्व ध्यान दिवस घोषणा सम्बन्धी प्रस्तावमा संयुक्त राष्ट्र संघले ध्यान र योगलाई अन्तरसम्बन्धित रहेको सत्यलाई पनि स्पष्ट पारेको छ ।महर्षि पतञ्जलीद्वारा प्रदिपादित अष्टाङ्ग योग कै एक अंग हो ऊनले भने।
ध्यान आफैमा मानवजातिको लागि अत्यन्त उपयोगी महत्वपूर्ण विषय हो । त्यसैले संयुक्त राष्ट्रसंघ ले विश्व ध्यान दिवस घोषणा गर्नुकाे महत्व र उपादेयता के हो र यसबाट थप लाभ के हुन्छ भन्ने प्रश्न पनि उठ्न सक्छ । एक त संयुक्त राष्ट्र संघ विश्वका सबै मुलुकहरूको साझा संस्था भएकोले ध्यानको महत्वलाई विश्वव्यापी रुपमा स्थापित गर्न यसले महत्त्वपूर्ण योगदान पुर्याउनेछ श्रेष्ठ भन्छन्। ध्यान लाई मानवजाति र मानव समाजको मूलधार काे विषय बनाउन योगदान पुर्याउनेछ ।अझ मुख्य कुरा त के हो भने यो कुनै खास आस्था र धर्म सँग सम्बन्धित विषय होइन भन्ने वैज्ञानिक सत्यलाई स्थापित गर्न यसले महत्वपूर्ण भूमिका खेल्नेछ ।धर्म मान्ने वा नमान्ने वा जुन सुकै धर्म मान्नेहरूकालागी ध्यान उत्तिकै स्वीकार्य र उपयोगी विज्ञान सम्मत विषय हो भन्ने तथ्यलाई संयुक्त राष्ट्र संघको यो घोषणाले बलियो सँग स्थापित गरिदिएको छ ।यसले सबैलाई ध्यानलाई जीवन पद्धति बनाउन उत्प्रेरित गर्नेछ ।
नेपाल सरकारको आयोजनामा आज बिहान १० बजे काठमाडौकाे सैनिक मञ्च टुँडिखेलमा ध्यान दिवसको विशेष कार्यक्रम आयोजना गरिएको छ ।यसको सफलताको लागि हार्दिक शुभकामना प्रकट गर्दै ध्यान दिवस लाई आ- आफ्नो ठाउँबाट उत्सवमय रुपमा मनाउन सबैमा विनम्रतापूर्वक हार्दिक अनुराेध श्रेष्ठले गरेका छ्न्।
‘ध्यान’ होस वा जागर हो ।यसलाई सरल रुपमा स्वजागरण (self awareness or self awakening) भन्न सकिन्छ । यसको गुदी अन्तर्य निजीअहंकारको विसर्जन (dissolution of ego ) हो।व्यक्तिलाई होस ,चैतन्य वा जागृतिको अवस्थामा पुर्याउन मद्दत गर्ने थुप्रै वैज्ञानिक ध्यान विधिहरू छन् ; टि एम ,विपश्यना आदि ।तिनको नियमित अभ्यास वा साधनाले मानिसलाई आफ्नो वास्तविक स्वरूपलाई चिन्ने र त्यससँग एकाकार हुने प्रक्रियामा लैजान्छ ।त्यो प्रक्रियाले व्यक्तिलाई बोधि ,सिद्धि वा बुद्धत्वको तहसम्म पुर्याउने सम्भावना रहन्छ ।तर त्यो साधनाको घनिभुतता र अन्य कैयौं पक्षहरूमा निर्भर रहन्छ।
नारायणकाजी श्रेष्ठ भन्छन् ,पूर्वीय ऋषिमुनि र योगी हरुले हजारौं वर्षको तपस्या र साधनाको अनुभवजन्य ज्ञानबाट मनको वैज्ञानिक प्रकृति काे अनुसन्धान गरेर निकालिएको निष्कर्षमा आधारित छ सम्पूर्ण ध्यानको अवधारणा र विधि । मन (विचार ) अत्यन्त चञ्चल रहन्छ।त्यसलाई दमन गर्न खोजियो भने वा बलजफ्ती त्यसबाट ध्यान हटाउन खोजियो भने त्यो झन् तिब्र रुपमा हावी भइरहन्छ ।तर मन लाई तटस्थ ( neutrally ) वा समभाव ( with equanimity ) वा साक्षिभाव ( indiffeent witness) का साथ हेर्ने वा निरीक्षण गर्ने हो भने मन स्थिर हुँदै जान्छ र व्यक्ति मनबाट माथि वा पर (beyond mind ) जान सक्छ ।मन वा विचार बाट पार जाने (transcending mind ) प्रक्रिया ले स्वयंलाई आफ्नो वास्तविक अस्तित्व (source of existence or being ) लाई चिन्ने र एकाकार हुने बिन्दुमा लैजानेछ । त्यस अवस्थामा मन वा विचारलाई आफ्नो आवश्यकता अनुकूल राम्रो सेवक काे रुपमा प्रयोग गर्न सकिन्छ ।अन्यथा आम अवस्थामा मनले हामीलाई शासन गर्छ ,समस्या उत्पन्न गर्छ ,विचलित गराउँछ र दुःख दिन्छ ।
वैज्ञानिक ध्यान विधीको नियमित अभ्यासवा साधनाले ध्यानकाे सिँढीमा हामीलाई अघि बढाउँछ र समर्पण एवं साधनाको घनिभुतताकाे स्तरले व्यक्तिको ध्यानकाे स्तर तल वा उच्च स्तरमा जान सक्दछ।
सामान्यतः ध्यानले मानसिक तनाव कम गर्न , थकान कम गर्न , घनीभूत विश्रामको अवस्था उपलब्ध गराउन , शान्त बन्न एवं शान्तिकाे अनुभुति गर्न , स्वच्छ बन्न ,एकाग्रतता बढाउन , कार्यदक्षता वृद्धि गर्न , राम्रो परिणाम हाँसिल गर्न ,स्नेह ,सदभाव ,सहिष्णुता , करुणा ,भातृत्व ,मानवता तथा प्रेम भाव बढाउन , पूर्वाग्रह ,बदलाभाव र द्वेश कम गर्न वा त्यसबाट मुक्त हुन , मानसिक र शारीरिक स्वास्थ्यको प्रवर्द्धन गर्न योग महत्वपूर्ण हुन्छ श्रेष्ठले फेसबुक मार्फत बताएका छन्ा

