काठमाडौँ । ललितपुरस्थित गतिशील बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष बलराम पाठक पक्राउ परेका छन्।
प्रहरीले पाठकलाई ललितपुरको इमाडोल क्षेत्रबाट नियन्त्रणमा लिएको जनाएको छ।
उक्त सहकारीमाथि बचतकर्ताको रकम अपचलन गरेको आरोप लागेपछि अनुसन्धानका क्रममा उनलाई पक्राउ गरिएको हो। प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।

