काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालका ६ जना वरिष्ठ उपरीक्षक (एसएसपी) नायव महानिरीक्षक (डीआईजी) बन्ने निश्चित भएको छ । आधा दर्जन एसएसपीलाई डिआईजी पदमा बढुवाका लागि सिफारिस गरिएको छ।
शुक्रबार बसेको बढुवा समितिको बैठकले डीआईजी पदका लागि बढुवा सिफारिस गरेको हो।
गृह मन्त्रालयका सचिवको नेतृत्वमा बसेको बढुवा समितिले दिगविजय सुवेदीलाई पहिलो नम्बरमा राख्दै डीआईजीमा बढुवाका लागि सिफारिस गरेको हो। त्यस्तै किरण बस्नेत, माधवप्रसाद पौडेल, प्रवीण कँडेल, राजेश उप्रेती र नेत्रबहादुर कार्की पनि बढुवा सिफारिस सूचीमा परेका छन्।
सशस्त्र प्रहरी बलको उच्च नेतृत्व तहमा गरिएको यो बढुवा सिफारिसलाई संगठनको भावी नेतृत्व संरचना र कार्यसम्पादनमा महत्वपूर्ण परिवर्तनका रूपमा हेरिएको छ। बढुवा प्रक्रियाले संगठनभित्र अनुभव, कार्यक्षमता र नेतृत्वदक्षतालाई प्राथमिकता दिएको अपेक्षा गरिएको छ।
अब बढुवा समितिबाट सिफारिस गरिएका नामहरू आवश्यक प्रशासनिक प्रक्रिया पूरा भएपछि औपचारिक रूपमा नियुक्त हुनेछन्। डीआईजी पदमा हुने यो बढुवासँगै सशस्त्र प्रहरी बलको नेतृत्व तह थप सुदृढ हुने विश्वास गरिएको छ।

