–डा.सृष्टि श्रेष्ठ
विश्व स्वास्थ्य सङ्गठन अनुसार, स्वास्थ्य भनेको कुनै रोग वा दुर्बलता उपस्थित नहुनु मात्र होइन बरु शारीरिक, मानसिक तथा सामाजिक समग्र रुपमा स्वस्थ हुने अवस्था हो। हामी शारीरिक रुपमा समस्या सानो भए पनि तुरन्त अस्पतालतिर लाग्छौ। तर मानसिक तथा सामाजिक रुपमा जति अस्वस्थ भए पनि वास्ता गर्दैनौ। जबकि शरीर स्वस्थ रहनका लागि मन स्वस्थ हुनु अति नै आवश्यक छ। मानसिक स्वास्थ्य बिना स्वास्थ्यको परिकल्पना नै अधुरो छ ।
काठमाडौं उपत्यकासहित देशभर चिसो बढ्दो क्रममा छ। जाडोमा अन्य मौसममा भन्दा बालबालिका र वृद्धवृद्धालाई बढि मात्रामा स्वास्थ्य समस्या हुने गर्दछ।
जाडो मौसममा देखा पर्ने रोगहरूबाट बच्न जीवनशैली व्यवस्थित बनाउनुपर्छ । दैनिक बिहान ३० मिनेट हिँड्नुपर्छ । खानपानमा विशेष ध्यान दिनुपर्छ । चिल्लो, पिरो, जंकफुडबाट टाढै रहनुपर्छ ।
चिसो मौसममा मुटु लगायत स्वास्थ्य समस्याबाट बच्न निम्न कुराहरूमा ध्यान दिनुपर्छ :
1. चिसोमा काम बेगर बाहिर ननिष्कौं ।
2. धुम्रपान मद्यपान (मदिराजन्य वस्तुको सेवन नगरौं ।
3. रुघाखोकीबाट बच्न ज्यादा चिसो पेयपदार्थ जस्तै : कोक, फेन्टा, मिरिण्डा जस्ता पेय पदार्थ नपिऔं ।
4. खानामा धेरै चिल्लो तथा बोसोयुक्त खानेकुरा नखाऔं ।
5. शारिरीक व्यायामलाई निरन्तरता दिऔं । हृदय रोग, मोटोपन, कोलस्ट्रोल, रक्तचाप (ब्लड पे्रसर) मधुमेहजस्ता समस्या भएका व्यक्तिले नियमित स्वास्थ्य परीक्षण गरौं । जाडोको जोखिमबाट आफू पनि बचौं र अरुलाई पनि बचाऔं ।

