दिपक योगी – काठमाडौं
पत्रकार महासंघ काठमाडौं जिल्ला शाखाको पद हस्तान्तरण समारोह सम्पन्न भएको छ। शाखाको नवनिर्वाचित कार्यसमितिलाई प्रमुख अतिथि पुर्व प्रधानमन्त्री पुष्पकमल दाहालले पद हस्तान्तरण गर्नुभएको थियो ।साथै नेपाली कांग्रेसका पुर्वसहमहामन्त्री तथा पुर्व मन्त्री अर्जुननरसिंह केसी र नेकपा एमालेका प्रमुख सचेतक महेश वर्तौलाको समेत उपस्थिति रहेको थियो। कार्यक्रम पत्रका महासंघ जिल्ला शाखा काठमाडौंले आयोजना गरिएको थियोे।

कार्यक्रममा पत्रकारहरुको समेत बाक्लो उपस्थिति रहेको थियोे ! कार्यक्रममा नबनिर्बाचित सम्पुर्ण पत्रकारलाई प्रमुख अतिथि प्रचण्ड ज्युको हातबाट फुलमाला लगाई सम्मान पत्र सहित पद हस्तान्तरण गरिएको थियो नेताहरूले बोल्ने क्रममा पत्रकारहरुको मुख्य भुमिका रहेको बताउनुभयो ! साथै ३२ बर्षको यो यात्रामा अहिले पहिलो महिला अध्यक्ष बन्नुभएको मा धन्यवाद दिएका थिए ! र नेपालको राजनीतिक अतिबिधिबारे समेत कुरा राख्नुभएको छ ! अहिले देश अत्यन्तै गम्भीर र चुनौतीपूर्ण अबस्थामा रहेको बताउनुभयो ! साथै भ्रष्टाचार नियन्त्रणलाई सबैले ध्यान गर्ने र सबै लागेर रोक्नेर बोरा को बोरा पैसा भरेर राखेको र बिदेशी बैंकहरुमा समेत पैसा भरेर राखेको कुरा काङ्ग्रेस नेताले राख्नुभएको छ । प्रमुख अतिथि प्रचण्डले बोल्दै सम्पुर्ण निर्वाचित टिमलाई बधाई र शुभकामना दिनुभएको छ । र नेपाली पत्रकातीताको इतिहासमा महिला अध्यक्ष निर्वाचित हुँदा खुशी व्यक्त गर्नुभएको थियो।आफू अरु बिदेशी पाहुनालाई भेट्ने कार्यक्रम रहेकोले अलि समयको अभावका कारण जानुपर्ने भन्दै निस्कनु भएको छ ।अरु अब आजकै दिनदेखी सम्पुर्ण निर्बाचित पत्रकारहरुले आ: आफ्नो कार्यबाहक समाल्ने र काम सुरु गर्ने बताए । उक्त कार्यक्रममा मिठो धेरै परिकारको खानेकुरा सहित खानाको राम्रो ब्यबस्था रहेको थियोे !

