नेपाली काङ्ग्रेस केन्द्रीय शिक्षा विभागद्वारा शिक्षा नीति बहस अन्तर्गत विद्यालय शिक्षा विधेयक र सरोकार विमर्श कार्यक्रम सम्पन्न |
विश्वराज अर्याल पार्टी कार्यालय सानेपा माघ २, नेपाली कांग्रेस केन्द्रीय शिक्षा विभागद्वारा शिक्षा नीति बहस अन्तर्गत विद्यालय शिक्षा विधेयक र सरोकार विमर्श कार्यक्रम नेपाली कांग्रेस केन्द्रीय शिक्षा विभाग प्रमुख नैन सिंह महर को अध्यक्षतामा पार्टी कार्यालय सानेपाको सभाहालमा सम्पन्न भएको थियो। सो कार्यक्रमका प्रमुख अतिथि पूर्व उपप्रधानमन्त्री एवं नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका उपाध्यक्ष पूर्णबहादुर खड्का रहनुभएको थियो | सो कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरू प्रत्येक सुनुवार, मिन विश्वकर्मा, चन्द्र भण्डारी, नेपाली कांग्रेस केन्द्रीय कोषाध्यक्ष उमेश श्रेष्ठ, प्याब्सन केन्द्रीय अध्यक्ष डिके ढुङ्गाना,प्याब्सन केन्द्रीय महासचिव आर बी कटवाल, नेपाल शिक्षक सङ्घ केन्द्रीय अध्यक्ष सोमनाथ गिरी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरू र शिक्षा क्षेत्रमा लामो समय अनुभव गर्नुभएका व्यक्तित्वहरू को सहभागिता रहेको थियो।
बिहान साढे १० बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन रहेको अन्तरक्रिया कार्यक्रममा शिक्षा विधेयक तथा शिक्षामा कसरी सुधार गर्न सकिन्छ भन्ने विषयमा शिक्षामा सक्रिय रूपमा लाग्नुभएका विभिन्न व्यक्तित्वहरुले आफ्नो धारणा राख्नुभएको थियो | मन्तव्यको क्रममा चन्द्र भण्डारीले राष्ट्रको समुन्नति र विकासको लागि शिक्षा नै एक विकल्प हो। शैक्षिक जागृति तथा व्यावहारिक शिक्षा आजको आवश्यकता हो। भन्ने मन्तव्य व्यक्त गर्नुभयो। प्रमुख अतिथिको मन्तव्यमा नेपाली कांग्रेस केन्द्रीय उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले सबैले आफ्नो क्षेत्रबाट कर्तव्य निर्वाह गर्नुपर्ने अभिव्यक्ति राख्नुभयो | शिक्षा विधेयक आगामी हिउँदै अधिवेशनमा प्रस्तुत हुने समेत जानकारी गराउनुभयो | सो कार्यक्रममा सहभागी सबैलाई धन्यवाद तथा आफ्नो विचार तथा अभिव्यक्ति राख्ने शैक्षिक व्यक्तित्वहरूप्रति पनि सभाका अध्यक्षले धन्यवाद ज्ञापन गर्नुभयो | सो कार्यक्रमको सहजीकरण नेपाली कांग्रेस केन्द्रीय शिक्षा विभाग सदस्य राजन श्रेष्ठले गर्नुभएको थियो।
Previous Articleप्रेस सेन्टर सिन्धुपाल्चोकको अध्यक्षमा पराजुली
Next Article साँघुरो ठाउँमा प्रत्यारोपण केन्द्रको सेवा

