काठमाडौं । प्रेस सेन्टर नेपाल सिन्धुपाल्चोककाे साताैं जिल्ला अधिवेशनबाट अशाेक पराजुलीको
अध्यक्षतामा नयाँ कार्य समिति चयन भएको छ । अधिवेशन शुक्रबार सम्पन्न भएको हो ।
अधिवेशनले उपाध्यक्षमा सालिगराम दुलाल, दिलमाया खड्का, सचिवमा निर्मल कुमार बस्नेत, सह-सचिवमा युवराज गिरी एवम् कल्पना श्रेष्ठ र काेषाध्यक्षमा केशवप्रसाद अधिकारी चयन गरेको छ ।
कार्यसमितिको सदस्यमा मिलन तामाङ, निरुता श्रेष्ठ, अर्जुन विश्वकर्मा, रामकृष्ण पराजुली, सुवाष अर्याल, प्रेम तामाङ रहेका छन् ।
केन्द्रीय प्रतिनिधिमा जीवन श्रेष्ठ एवम् दिनेश दुलाल, प्रदेश प्रतिनिधि टिकाराम दाहाल, मणिसुन्दर काेइराला, दिपक खत्री, अस्मी स्याङतान निर्वाचित भएका छन् ।

