भारत । उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ सरकारले रामनवमीको दिन अप्रिल ६ मा राज्यमा पशु वध र मासु बिक्रीमा पूर्ण प्रतिबन्ध लगाउने निर्णय गरेको छ । साथै, धार्मिकस्थल नजिक मासु बेच्न नपाइने भएको छ ।
२०१४ र २०१७ मा जारी आदेशहरू उद्धृत गर्दै योगी सरकारले धार्मिकस्थलहरू नजिकै अवैध रूपमा पशु हत्या र मासु बिक्री पूर्ण रूपमा प्रतिबन्धित गरिने स्पष्ट पारेको हो । यो निर्णयलाई प्रभावकारी बनाउन जिल्ला अधिकारीको अध्यक्षतामा जिल्लास्तरीय समिति गठन गरिएको छ ।
यसमा प्रहरी, प्रदूषण नियन्त्रण बोर्ड, पशुपालन विभाग, यातायात विभाग, श्रम विभाग, स्वास्थ्य विभाग र खाद्य सुरक्षा प्रशासनका अधिकारीहरू सामेल हुनेछन्।

