सिंहदरबारमा प्रचण्ड र माधव नेपालबीच भेटवार्ता, संसद् अवरोधलगायत समसामयिक विषयमा छलफल
काठमाडौं, जेठ २९ – नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच आज बिहीबार सिंहदरबारमा भेटवार्ता भएको छ।
सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा भएको उक्त भेटवार्तामा देशको पछिल्लो राजनीतिक अवस्था र संसद्को अवरोधलगायत विषयमा छलफल भएको स्रोतले जनाएको छ।
भेटवार्तामा संसद् सञ्चालनमा देखिएको गतिरोध हटाउने उपाय, सत्ता गठबन्धनको आगामी रणनीति र विपक्षी दलहरूसँगको सम्बन्धबारे पनि विचार-विमर्श भएको बताइएको छ।
दुवै नेताबीच नियमित संवादलाई निरन्तरता दिँदै गरिएको यो भेटवार्ता मुलुकको राजनीतिक स्थायित्व र सहमतिको खोजीका रूपमा लिइएको छ।

