काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महामन्त्रीको जिम्मेवारी कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीलाई दिईएको छ।
पार्टीको तेस्रो स्थापना दिवसको उपलक्ष्यमा आज बिहान बसेको केन्द्रीय समिति बैठकले बुर्लाकोटीलाई महामन्त्री बनाएको हो ।
शनिबारको बैठकले मनिष झालाई प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको छ। झा यस अघि कार्यवाहक प्रवक्ताको भूमिकामा थिए ।
रास्वपाका तत्कालीन महामन्त्री मुकुल ढकाललाई स्पष्टिकरण एवम् निश्कासन प्रकरणपछि दुवै पद कार्यवाहक थिए।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज विभिन्न कार्यक्रमको साथ स्थापना दिवस मनाइरहेको छ ।

