काठमाण्डौ । तेस्रो मंगलादेवी प्रोके वान् किक बक्सिङ प्रतियोगिता शनिबार सांस्कृतिक संघ, डिल्लिबजारमा आयोजना भएको छ । काठमाडौँ जिल्ला किक बक्सिङ संघ र काठमाडौँ महानगरपालिका-२९ को संयुक्त आयोजनामा प्रतियोगिता हुन लागेको हो ।
प्रतियोगितामा ५ वटा नेसनल टाइटलका लागि प्रतिस्पर्धा हुनेछ भने प्रत्येक विजेता फाइटरले एक लाख नगद पुरस्कार प्राप्त गर्ने बताईएको छ ।
फोर मेन्स टुर्नामेन्टतर्फ फ्लाई वेट र फेदर वेट गरी दुई वटा र को मेन इभेन्टमा २ वटा र मुख्य इभेन्टमा एउटा गरी पाँच प्रतिस्पर्धा हुने कार्यक्रम संयोजक दिवान्स श्रेष्ठले जानकारी दिएका छन् ।
फोर मेन्स टुनामेन्टतर्फको फ्लाई वेट नेसनल टाइटलमा सञ्जु तामाङ र सुमित तामाङ तथा संजोग राई र मिङ्मा शेर्पाबीच प्रतिस्पर्धा हुने छ। यसैगरी फोर मेन्स टुर्नामेन्टतर्फकै फेदर वेट नेसनल टाइटलमा रोहित चुनारा र एलिस बम्जन तथा रोहित कायात र आशिक कोली भिड्नेछन्। मेन इभेन्ट्सतर्फ वुमन्स फ्लाईवेट नेसनल टाइटलमा सुस्मिता थापामगर र युगेन शर्माबीच प्रतिस्पर्धा हुनेछ।
को मेन इभेन्ट्समा लाइट वेटमा समन भूश्री र महेन्द्र गजमेर तथा फ्लाई वेटमा कविन देशार वामी र हरि मिजार भिड्नेछन्।
डिल्लीबजार कालिकास्थानको साँस्कृतिक संघको हलमा तयार पारिएको रिङमा हुने प्रतियोगिताको हरेक फाइटमा उपाधि जित्नेले नगद १ लाख पुरस्कार पाउनेछन्।
प्रतियोगिताको उद्घाटन उपप्रधान तथा सहरी बिकास मन्त्री प्रकाशमान सिंहले गर्ने आयोजक संस्थाले बताएको छ ।

