काठमाण्डौ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की केन्द्रीय सदस्य सीता बस्यालले पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएकी छन्। बस्यालले शुक्रबार राति सामाजिक सञ्जालमार्फत पार्टी परित्याग गरेको घोषणा सार्वजनिक गरेकी हुन्।
राप्रपा अध्यक्षलाई सम्बोधन गर्दै बस्यालले लेखेको पत्रमा भनिएको छ, “म सीता बस्याल, राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय सदस्य र साधारण सदस्य दुवै पदबाट आजको मितिदेखि राजीनामा दिएको घोषणा गर्दछु। पार्टीमा रहँदा मैले प्राप्त गरेको अनुभव, साथ, सहयोग र विश्वासप्रति आभार प्रकट गर्दछु।”
उनले राप्रपाको भविष्यको प्रगतिको कामना गर्दै अब औपचारिक जिम्मेवारीबाट अलग हुने निर्णयमा पुगेको बताएकी छन्।

