काठमाडौँ। नेपालमा निसान गाडीको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्पले ‘२०२५ मार्केट सेयर एचिभमेन्ट अवार्ड’ प्राप्त गरेको छ। निसानले नेपालमा आफ्नो बी–एसयूभी सेगमेन्टमा उत्कृष्ट बिक्री प्रदर्शन गरेबापत यो सम्मान पाएको हो।
निसान मोटर इन्डियाले आयोजना गरेको ‘डिफाइ अर्डिनरी’ वार्षिक दक्षिण एसिया वितरक सम्मेलन २०२५ मा पायोनियर मोटो कर्पलाई यो अवार्ड प्रदान गरिएको हो। कम्पनीले नेपाली बजारमा निसानको प्रभाव बढाउन खेलेको महत्त्वपूर्ण भूमिकाको कदर स्वरूप यो सम्मान दिइएको हो।
आउँदै छन् निसानका नयाँनयाँ गाडी बजारमा !
सोही सम्मेलनमा निसानले दक्षिण एसियाली बजारका लागि आफ्नो भविष्यको योजना पनि सार्वजनिक गरेको छ। कम्पनीका अनुसार, भारतमा उत्पादन हुने बी–एमपीभी, सी–एसयूभी र सी–एसयूभी प्लस मोडलका नयाँ गाडीहरू आगामी १८ महिनाभित्र नेपाली बजारमा उपलब्ध हुनेछन्।
यी नयाँ मोडलहरूमा निसानको मौलिक एसयूभी डिजाइन र जापानी शिल्पको उत्कृष्ट समायोजन देख्न सकिने बताइएको छ। साथै, यी गाडीहरू निसानको ‘वन कार, वन वर्ल्ड’ रणनीतिअनुसार विश्वभरका बजारमा प्रस्तुत गरिनेछन्।

