जेनजी आन्दोलनकारीहरूले मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्रका सबै मन्त्रालयहरूमा आगजनी गरेका छन्।
मंगलबार साँझ आन्दोलनकारीहरू सिंहदरबार प्रवेश गरी प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालयलगायत सबै मन्त्रालयमा आगो लगाएका हुन्। आगजनीका कारण सिंहदरबारबाट धुवाँको मुस्लो निस्किएको छ, जसले काठमाडौँ उपत्यकामा तनावपूर्ण वातावरण सिर्जना गरेको छ।
यसअघि आन्दोलनकारीहरूले संसद् भवन, राष्ट्रपति कार्यालय, सर्वोच्च अदालत, प्रहरी कार्यालयहरू, राजनीतिक दलका कार्यालयहरू र नेताहरूका निजी निवासहरूमा समेत आगजनी गरेका थिए। यी हिंसात्मक गतिविधिका कारण ती संरचनाहरू पूर्णरूपमा ध्वस्त भएका छन्।

