राजधानीमा जेनजी आन्दोलनकारीहरूको प्रदर्शनले हिंसात्मक रूप लिँदा व्यवसायी विनोद चौधरी र शेखर गोल्छाको निजी निवासमा तोडफोड, लुटपाट र आगजनी भएको छ।
यसअघि सार्वजनिक सम्पत्तिमा आक्रमण केन्द्रित रहेको प्रदर्शनले पहिलोपटक व्यक्तिगत सम्पत्तिलाई निशाना बनाएको हो।
मंगलबार साँझ प्रदर्शनकारीहरूले रविभवनस्थित विनोद चौधरीको निवासमा प्रवेश गरी तोडफोड र लुटपाट गरेका छन्। उक्त निवासमा आगजनीको प्रयाससमेत भएको बताइएको छ। यस्तै, सितापाइलास्थित शेखर गोल्छाको निवासमा पनि प्रदर्शनकारीहरूले तोडफोड र आगजनी गरेको प्रहरीले जनाएको छ।
यी घटनाले प्रदर्शनकारीहरूको आक्रमण निजी क्षेत्रका प्रभावशाली व्यक्तिहरूको सम्पत्तिमा समेत विस्तार भएको देखाएको छ। प्रहरीले घटनास्थलमा पुगेर स्थिति नियन्त्रणमा लिने प्रयास गरिरहेको छ ।

