बुटवल ।
जेनजी पुस्ताका युवा बिद्यार्थीले गरेको शान्तिपूर्ण प्रदर्शनमा सरकारले बर्बरता पुर्वक दमन गरेको घटनापछि सत्तारुढ दल नेकपा एमाले पार्टी परित्याग गरि आफ्नै मूल घर राष्ट्रिय जनमुक्ति पार्टीमा प्रबेश गरेका छन।
युवा व्यबसायी गुरुङ्गलाई पार्टी महासचिव टोप अस्लामी, केन्द्रीय सदस्य अशोक पुन, जनमुक्ति युवा संघका केन्द्रीय अध्यक्ष शंकर गाहा, महिला नेतृ बिमला गुरुङ्ग, मधु राना, धनी आले र प्रदेश अध्यक्ष झम बहादुर गुरुङले खादा लगाई स्वागत गरेका छन।
राष्ट्रिय जनमुक्ति पार्टीका महासचिव टाेप अस्लामीले प्राप्त उपलब्धिकाे रक्षा गर्दै थप उपलब्धिका लागि संघर्ष गर्नु अहिलेकाे आवश्यकता भएको बताएका छन् ।
तिलोत्तमा नगर स्थित पार्टी कार्यलय कविराज भवनमा आयोजित एक कार्यक्रममा गुरुङलाई स्वागत गर्दै पार्टी महासचिवले नेपालको संविधान-२०७२ ले आज एकदशकको अवधि पूरा गरेको अवस्थामा सत्तासीनहरुबाट नै इमानदारीपूर्वक संविधानकाे पालना नगरेको भन्दै उनले, मुलुकमा लामो संघर्ष, त्याग र बलिदानको जगमा प्राप्त उपलब्धिलाई संस्थागत गर्ने राष्ट्रिय दस्तावेजको रूपमा संविधान-२०७२ रहेको उल्लेख रहेको बताए। हालसम्मको प्राप्त उपलब्धिलाई जोगाउदै, थप उपलब्धिको लागि अगाडि बढ्ने राजनीतिक प्रकृया भनेको संविधान-२०७२ को पुनर्लेखनका लागि राष्ट्रिय सहमति निर्माण गर्नुपर्छ भन्ने पार्टीको मान्यता रहेको जनाउँदै महासचिव अस्लामीले मुलुकलाई सुरक्षित र एकताबद्ध ढंगले अग्रगामी दिशामा अगाडि बढाउनका लागि संविधान खारेजी वा नयाँ संविधानको बहसमा अल्मलिनु भन्दा संविधान-२०७२ को पुनर्लेखनको राष्ट्रिय कार्यदिशा समात्नु श्रेयस्कर हुने तर्फ सम्बन्धित सबैको ध्यानाकर्षण गराए ।