काठमाण्डौ । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कार्यवाहक सभापतिको जिम्मेवारी पाएका छन् । उपसभापति खड्कालाई नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा मंगलबार भएको बैठकलाई सम्बोधन गर्दै सभापति देउवाले कार्यवाहक सभापतिको जिम्मेवारी दिएका हुन् ।
स्वास्थ्य समस्याका कारण आफू पार्टीका बैठक एवम् कार्यक्रम आदिमा उपस्थित हुन नसक्ने कारण देखाउँदै सभापति देउवाले उपसभापति खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी तोकेका हुन् ।
बैठकमा वर्तमान केन्द्रीय समितिका पदाधिकारी तथा केन्द्रीय सदस्यहरू एवम् आमन्त्रित केन्द्रीय सदस्यहरूको उपस्थिति रहेको थियो ।
बैठकको सुरुआतमा सभापति देउवाले सम्बोधन गरेपश्चात् यही असोज ३० गते दिउँसो १ः०० बजे बस्नेगरी बैठक स्थगित गरिएको छ ।