विश्वमै पहिलो पटक छोटो समय अर्थात जेन्जी पुस्ताले आह्वान गरेको आन्दोलनको २७ घण्टामा भित्रमै सत्ता कब्जा भयो । यो कुनै चानचुने कुरा हैन, यो विश्व ईतिहासमा सदैव रहिरहनेछ । यसो त यस्ता आन्दोलनहरु विश्वका धेरै देशमा तुहिएका नजिरहरु छन, अनि पुरानाहरुकै पुर्नआगमन पनि देखिएका छन । नेपालमा त्यो सिनारियो देखिसकेको छ । अब अन्दोलनको जगमा शक्ति निर्माण, सन्तुलन र रक्षा नै आम पुस्ताको अर्थात सम्पूर्ण नेपाली बाआमा दीदिबहिनी तथा दाजुभाईहरुको हो । अब यो आन्दोलन कुनै एक पुस्ताको मात्रै हैन, सिंगो राष्ट्र र सम्पूर्ण नेपाली जनताको हो । यसको रक्षा र विकास अब तपाईं हाम्रो जिम्मेवारी हो ।
जेन्जी आन्दोलनको रक्षा र विकासका लागी जेन्जीहरु बिचको एकता कायम गर्नु पहिलो काम हो । जसका लागी एउटा कोड अफ कन्डक्टको निर्माण गर्नुपर्ने देखिन्छ ।
GenZ 2.0 राष्ट्रिय अभियान – राष्ट्रिय भेला तथा प्रारम्भिक संरचना घोषणा
भदौ २३ गतेको ऐतिहासिक GenZ आन्दोलन पछि विभिन्न माध्यमबाट संलग्न साथीहरू देशभर फैलिएका भए पनि, आन्दोलनमा सबै पुस्ताको योगदान, घाइते र सहिदहरूको बलिदानका कारण राष्ट्रिय एकताको आवश्यकता तीव्र रूपमा महसुस गरिएको थियो।
यही भावना अनुसार भदौ २३ देखि २४ गतेसम्म काठमाडौंमा राष्ट्रिय भेला सम्पन्न भयो।
भदौ २३ देखि असोज २४ सम्मको उक्त राष्ट्रिय भेलामा सबै उमेर समूहका प्रतिनिधिहरू, राष्ट्रप्रेमी स्वतन्त्र व्यक्तिहरू र विभिन्न अभियानका अभियन्ताहरूको स्वेच्छिक उपस्थिती रहेको थियो।
त्यस भेलाले निष्कर्ष निकालेको छ कि — यो GenZ आन्दोलन अब सबैको साझा आन्दोलन हो, जसको रक्षा, सुदृढीकरण र भविष्य निर्माणमा सबै पुस्ताको समान जिम्मेवारी रहन्छ।
त्यस निर्णयका आधारमा आन्दोलनलाई राष्ट्रिय स्वरूप दिँदै “GenZ 2.0 (सबै पुस्ताको प्रतिनिधि)” राष्ट्रिय अभियान नामकरण गरिएको छ।
GenZ 2.0 ले हालसम्म गरेका प्रमुख कार्यहरू
भदौ २३ को आन्दोलनलाई पुनःसङ्गठित गर्दै “GenZ 2.0 (सबै पुस्ताको सारथी)” अभियानको औपचारिक प्रारम्भ।
तिनकुने (Tinkune) लाई “GenZ चोक” को रूपमा घोषणा — नागरिक आन्दोलनको प्रतीक स्थलका रूपमा चिनाउने अभियान सुरु।
पर्यटन प्रवर्द्धनका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा “नेपाल सधैं सबैका लागि खुला छ” भन्ने सन्देश प्रेषण गर्ने कार्यक्रम सञ्चालन।
विदेशमा रहेका युवाहरूका लागि राष्ट्रिय सन्देश अभियान — “नेपाल फर्क, नेपालले तिमीलाई कुर्दैछ” भन्ने अपील सुरु।
रोजगार र उत्पादन प्रवर्द्धनका लागि बसबारीस्थित बन्द उद्योगहरू पुनः सञ्चालन गर्ने पहल — “उद्योग खोलौँ, स्वावलम्बन बढाऔँ” अभियान प्रारम्भ।
घाइतेहरूलाई सहयोग — Animal Nepal सँग सहकार्य गर्दै करिब ८ लाख रुपैयाँ बराबरको आर्थिक सहायता वितरण।
राष्ट्रिय एकता, सहमति र पुस्तागत सहकार्यका सन्देशहरूलाई जनस्तरमा फैलाउने जनसम्पर्क अभियान सञ्चालन।
कात्तिक ६ गते “मैतीघर मण्डला”मा सबै पुस्ताको एकता र सहमतिको प्रतीकस्वरूप राष्ट्रिय कार्यक्रम आयोजना गर्ने तयारी अन्तिम चरणमा।
देशभरका सहिद परिवार, घाइते र युवा समूहहरूसँग प्रत्यक्ष संवाद अभियान सञ्चालन — “सबैको आवाज, एउटै दिशा” अवधारणासहित।
GenZ 2.0 राष्ट्रिय अभियानको प्रारम्भिक तदर्थ समिति घोषणा — विषयगत विज्ञ, सल्लाहकार र प्रदेश प्रतिनिधिहरूसँग समन्वय सुरु।
GenZ 2.0 आन्दोलनका प्रमुख उद्देश्यहरू
नागरिक सशक्त सरकारको सुनिश्चितता
जनमागको संस्थागत स्थायित्व
राष्ट्रिय एकता र सहमतिको अभियान
GenZ 2.0 राष्ट्रिय अभियानको प्रारम्भिक तदर्थ समिति घोषणा
केन्द्रीय कार्यसम्पादन समिति (१५ जना)

