काठमाडौं । कम्युनिष्ट पार्टी (नेकपा) मा पर्साकी खातुन प्रवेश गरेकी छन्। राष्ट्रिय सभागृहमा हिजो आयोजित विशेष कार्यक्रममा नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजक माधवकुमार नेपालले उनलाई औपचारिक रुपमा पार्टीमा स्वागत गरेका हुन्।
संयोजक प्रचण्डको सचिवालयका अनुसार खातुनसँगै १०० जना जेन–जि पुस्ताका युवा पनि पार्टीमा प्रवेश गरेका छन्। सह–संयोजक माधवकुमार नेपालले खातुनलाई पार्टीको केन्द्रिय तहमा जिम्मेवारी दिने घोषणा गर्दै केन्द्रीय सदस्यका रूपमा राखिने बताएका छन्।
पर्साकी खातुन केही वर्षअघि एसिड आक्रमणमा परेकी युवती हुन्। कठिन संघर्षपछि जीवनमा नयाँ धैर्य र आत्मविश्वाससहित अगाडि बढिरहेकी खातुनको आजको राजनीतिक प्रवेशले युवा पुस्तामा प्रेरणा जगाउने अपेक्षा गरिएको छ।
कार्यक्रममा नेता प्रचण्ड र नेपालले युवाहरूको सक्रियता, परिवर्तनप्रतिको प्रतिबद्धता र खातुनको साहसप्रति प्रशंसा व्यक्त गरेका थिए।

