बिराटनगर, मंसिर १५ — कोसी प्रदेशको राजधानी बिराटनगरमा आयोजित एकता सन्देश सभामा चिरन सीले राजनीतिक बहसको विषयमा कडा धारणा व्यक्त गरेका छन्। उनले “दुई कौडीका मान्छेसँग राजनीतिक बहस गर्न अब मन नै नसुहेको” भन्दै कमजोर तर्क र हैसियतहीन पात्रहरूसँगको बहसलाई समयको दुरुपयोग बताएको टिप्पणी गरे।
उनका अनुसार आवश्यक परे बहस गहिरो र अन्तर्मूलसम्म पुग्नेगरी गर्न सकिने भए पनि “एक पैसा जतिको हैसियत नभएका व्यक्तिहरू” तिर फर्किनु बदलिँदो समय, युग र परिस्थितिको बेवास्ता गर्नु सरह भएको बताए।
एकता सन्देश सभामा सहभागी भएका चिरन सीले समसामयिक राजनीतिक परिवेशमा विचार र मतप्रति जिम्मेवार र परिपक्व व्यवहार आवश्यक रहेको पनि संकेत गरेका छन्।

