काठमाडौं । राजन थापा
ॐ समाज डेन्टल अस्पतालले निरन्तर रूपमा सञ्चालन गर्दै आएको मासिक निःशुल्क दन्त स्वास्थ्य सिविर शुक्रबार काठमाडौंको चावहिल चोकमा भव्य र व्यवस्थित रूपमा सम्पन्न भएको छ। सिविरमा ३५८ भन्दा बढी सर्वसाधारणले विभिन्न दन्त उपचार सेवा प्राप्त गरेका छन् भने १२२ जनाले निःशुल्क दाँत सफा (स्केलिङ) गराएका छन्।
सिविरमा स्थानीय बासिन्दादेखि कार्यालय कर्मचारी, व्यापारी, विद्यार्थी तथा विभिन्न पेशाका व्यक्तिहरूको उल्लेख्य सहभागिता देखियो। स्वास्थ्य सेवा प्रबर्धन गर्ने उद्देश्यले आयोजनामा सहयोग गर्दै नेपाल प्रहरी पनि सक्रिय रूपमा सहभागी भएको थियो। कार्यक्रम लायन्स क्लब अफ काठमाडौं इन्द्र–अन्नपूर्ण योगा को आयोजनामा तथा तार्केश्वर क्लब ६० को सह–आयोजनामा सम्पन्न गरिएको हो।
समुदायप्रति अस्पतालको प्रतिबद्धता सुदृढ
“स्वास्थ्य—जीवनका लागि समर्पित” भन्ने मूल नारासहित सेवा विस्तार गरिरहेको ॐ समाज डेन्टल अस्पतालले आजको सिविरमार्फत समुदायप्रतिको आफ्नो सामाजिक उत्तरदायित्व झनै मजबुत बनाएको जनाएको छ। दन्त स्वास्थ्य सेवा नपुगेका बस्ती र नागरिकसम्म पुग्ने लक्ष्यका साथ अस्पतालले नियमित रूपमा मासिक सिविर सञ्चालन गर्दै आएको छ।
सन्देश र प्रतिक्रियाहरू
वरिष्ठ दन्त चिकित्सक डा. सुवास घिमिरेले सन्देश दिँदै भन्नुभयो—
“रोग लागेपछि अस्पताल धाउनुभन्दा रोग नलाग्ने बानी बसाल्नु नै सबैभन्दा उचित हो।”
उपचारका लागि आएका एक ज्येष्ठ नागरिकले खुसी व्यक्त गर्दै भने—
“तपाईंहरूको नाम धेरै सुनेको थिएँ। आज प्रत्यक्ष सेवा पाउँदा झनै विश्वास बढ्यो।”
सिविर व्यवस्थापक धन घिमिरेका अनुसार—
“स्वास्थ्य सेवाबाट टाढा रहेका सर्वसाधारणलाई लक्षित गर्दै हामी सिधै समुदायमै पुग्छौँ। यही नै हाम्रो अभियानको मुख्य उद्देश्य हो।”
चाहाबेल शाखा प्रमुख सन्तोषी बस्नेतले बताइन्—
“निःशुल्क सिविरमार्फत अस्पतालमा सेवा लिन आउनेको संख्या निरन्तर बढिरहेको छ। यो समुदायभित्र बढ्दो विश्वासको प्रमाण हो।”
आजको सिविरमा डा. ममता भुजेल, इन्द्र भट्टराई, मनु राना, सम्झना तामाङलगायत स्वास्थ्यकर्मीहरूको उल्लेखनीय सक्रियता रहेको थियो।
डा. सुवास घिमिरे — अनुभवी दन्त विशेषज्ञ
दन्त उपचार क्षेत्रमा अनुभवी विशेषज्ञका रूपमा परिचित डा. सुवास घिमिरे सामान्य उपचारदेखि जटिल केस समाधानमा दक्ष मानिन्छन्। जनचेतनामूलक अभियान, निःशुल्क सिविर सञ्चालन तथा गुणस्तरीय स्वास्थ्य सेवामा उनको भूमिका प्रशंसनीय छ।
ॐ समाज डेन्टल अस्पताल — ‘सडकदेखि सदनसम्म’ सबैको रोजाइ
गुणस्तरीय, सुलभ र सहज दन्त सेवा प्रदान गर्दै आएको ॐ समाज डेन्टल अस्पतालले प्रत्येक महिना नियमित रूपमा विभिन्न स्थानमा निःशुल्क स्वास्थ्य सिविर सञ्चालन गर्दै आएको छ—
पहिलो हप्ता — नैकाप
दोस्रो हप्ता — सातदोबाटो
तेस्रो हप्ता — चावहिल
चौथो हप्ता — बनस्थली
यससँगै बर्दिबाससहितका शाखाबाट अस्पतालले दैनिक दन्त सेवा उपलब्ध गराइरहेको छ।
स्वास्थ्य सेवा समुदायमै लैजाने, जनचेतनालाई प्राथमिकतामा राख्ने र सर्वसाधारणको पहुँचमा उपचार पुर्याउने कार्यलाई निरन्तरता दिँदै ॐ समाज डेन्टल अस्पताल छोटो समयमै सर्वाधिक भरोसायोग्य दन्त स्वास्थ्य संस्थाका रूपमा स्थापित भएको समाचार छ।

