काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान साढे २१ घन्टापछि बिहीबार बिहान सम्पन्न भएको छ।
एमाले केन्द्रीय निर्वाचन आयोगका सचिव डा. कुन्साङ लामाका अनुसार बुधबार बिहान ९ बजेर २० मिनेटमा विद्युतीय भोटिङ मेसिनमार्फत सुरु भएको मतदान आज बिहान करिब ७ बजे सम्पन्न भएको हो।
मतदान सम्पन्न भएसँगै मतगणनाको तयारी भइरहेको कुन्साङले बताए।
उनले भने, “अब करिब ८ बजेबाट मतगणना सुरु हुन्छ। गणना सुरु भएको करिब दुई घन्टाभित्र नतिजा आउने अपेक्षा छ।”

