काठमाडौँ । फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची पेश गर्ने आज अन्तिम दिन रहेको निर्वाचन आयोगले जनाएको छ ।
आयोगको कार्यतालिकाअनुसार सोमबारसम्म दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची आयोगमा पेश गर्नुपर्नेछ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार दलले पुस १३ र १४ गतेसम्म पेश गरेका समानुपातिकतर्फको बन्दसूची भोलि पुस १५ देखि २० गतेसम्म छानबिन गरिनेछ । आयोगले पुस २० गतेसम्म बन्दसूची छानबिन गरेपछि पुस २१ गतेदेखि २७ गतेसम्म दललाई मिलाउन लगाउने कार्यतालिका छ।
पुस २८ गतेदेखि माघ ३ गतेसम्म दलले मिलाएको बन्दसूची ठिक छ वा छैन भनी हेरिनेछ। माघ ४ गते बन्दसूची प्रकाशन गरिनेछ।
माघ २० गते अन्तिम सूचि प्रकाशित गर्ने प्रवक्ता भट्टराईले बताए।

