काठमाडौं । नेकपा एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक आज बस्दैछ। बैठक बिहान ११ बजे ललितपुरको एकान्तकुनास्थित मेजेस्टिक ग्रान्ड पार्टी प्यालेसमा सुरु हुने एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख मीनबहादुर शाहीले जानकारी दिए।
बैठकमा आगामी प्रतिनिधिसभा निर्वाचनका लागि पार्टीको रणनीति, समसामयिक राजनीतिक अवस्था लगायत विषयमा केन्द्रित छलफल हुने बताईएको छ। यसअघि पुस ४ गते सम्पन्न पहिलो केन्द्रीय कमिटी बैठकले पुस २६ देखि २८ गतेसम्म दोस्रो बैठक आह्वान गर्ने निर्णय गरेको थियो।
एमाले सचिव डा. राजन भट्टराईका अनुसार यसपटकको बैठक पूर्ण रूपमा प्रतिनिधिसभा निर्वाचनमा केन्द्रित हुने भएकाले केन्द्रीय सदस्य मनोनयन, पोलिटब्यूरो तथा स्थायी कमिटी गठन र समग्र कार्यविभाजनसम्बन्धी निर्णय भने हुने छैन ।

