काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सर्लाही क्षेत्र नम्बर–४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका डा. अमरेश सिंहलाई बधाई दिएका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै थापाले सिंहलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका हुन्।
त्यस्तै पूर्व स्वास्थ्यमन्त्री समेत रहेका उनले निर्वाचनका क्रममा आफूलाई माया, विश्वास र मत दिने सर्लाही–४ का सम्पूर्ण मतदाताप्रति कृतज्ञता व्यक्त गरेका छन्।
थापाले उक्त क्षेत्रमा आफू सांसद नभएपनि आफूले देखेका विभिन्न समस्याहरू समाधानका लागि आफ्नो पहल र क्षमताभित्रबाट सम्भव हुने कामहरू निरन्तर रूपमा गरिरहने पनि प्रतिवद्धता दोहोर्याएका छन् ।
थापाले आइतबार बिहान सामाजिक सञ्जालमाफत यस्तो प्रतिवद्धता दोहोर्याएका हुन् ।

